समाचारमंगलबार, माघ २६, २०७२
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निधन
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको गए राति १२ः५० बजे निधन भएको छ ।
पारिवारिक स्रोतका अनुसार ७७ वर्षीय कोइराला पछिल्लो समय छातिको समस्याबाट पीडित कोइरालाको महाराजगञ्जस्थित निवासमा २५ माघ राति १२:५० बजे निधन भएको हो ।
२५ माघमै कांग्रेसको काठमाडौं जिल्ला अधिवेशन उद्घाटन गर्ने पूर्वनिर्धारित कार्यक्रममा स्वास्थ्यका कारण भन्दै कोइराला सहभागी हुन सकेका थिएनन् ।
कोइरालाका चिकित्सक डा करविरनाथ योगीले कोइरालाको निधन श्वासप्रश्वास सम्बन्धी समस्या (एक्युट एक्जासेरेब्रेशन सिओपीडी) र टाइप टू रेस्पिरेटोरी फेलियर ड्यू टू कम्यूनिटी अक्वाएर्ड न्यूमोनिया अन टीबी एण्ड पोष्ट रेडियसन फाइब्रोसीसी एन आइएलडी बाट भएको बताएका छन् ।
नेविसंघ नेता यूपी लामिछानेका अनुसार कांग्रेसको महाधिवेशनको जारी प्रक्रिया अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित हुने भएको छ ।
कोइराला २७ माघ २०७० देखि २३ असोज २०७२ सम्म नेपालका प्रधानमन्त्री थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
