समाचारमंगलबार, माघ २६, २०७२

कांग्रेस महाधिवेशनका सवै कार्यक्रम स्थगित, केन्द्रीय समितिको आकस्मिक बैठक बस्दै

हिमालखबर

नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निधन भएपछि पार्टीको आसन्न १३औँ महाधिवेशनका सम्पूर्ण कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगन गरिने भएकाे छ ।

कोइराला निवासमा पुगेका पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवाले महाधिवेशनसम्बन्धी पार्टीका सबै कार्यक्रम हाललाई स्थगन गरिने जानकारी दिए ।

यसैबीच, सभापति कोइरालाको निधनपछि उत्पन्न परिस्थितिका बारेमा आवश्यक निर्णय गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक अहिले बिहान ११ बजे बस्ने पार्टी महामन्त्री कृष्णप्रसाद सिटौलाले बताए ।

कांग्रेसले विज्ञप्ति प्रकाशन गरी कोइरालाको निधनबाट सिङ्गो देश, नेपाली जनता र पार्टी पङ्क्ति स्तब्ध र शोकमग्न भएको जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>