समाचारमंगलबार, माघ २६, २०७२
कोइरालाको पार्थिव शरीर पार्टी कार्यालय लगियो
गएराति निधन भएका कांग्रेस सभापति सुशील कोइरालाको पार्थिव शरीर श्रद्धान्जलिका लागि पार्टी मूख्यालाय सानेपा लगिएको छ ।
श्रद्धाञ्जलि दिनका लागि नेपाली कांग्रेसका नेता कार्यकर्ता र सर्वसाधारणको सानेपामा घुइँचो छ ।
पूर्व राष्ट्रपति रामवरण यादवले केही वेरअघि कोइरालाको पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गरेका छन् ।
उनले कांग्रेस पार्टीभित्र रहँदा र पछि पनि कोइरालासँग आफूले लामो सहकार्य गरेको बताउँदै संविधानको कार्यान्वयन गरी मुलुकमा शान्ति स्थायित्व कायम गर्नु नै उनी प्रति सच्चा श्रद्धाञ्जलि हुने बताए ।
७७ वर्षीय कोइरालाको गए राति १२:५० बजे महाराजगञ्ज निवासमा निधन भएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
