थप समाचारमंगलबार, माघ २६, २०७२

कांग्रेस नेता नरहरी आचार्य अस्वस्थ्य

हिमालखबर

पार्टी सभापति सुशील कोइरालाको निधन भएलगत्तै कोइराला निवास महाराजगञ्ज पुगेका कांग्रेस नेता नरहरी आचार्यको स्वास्थ्य अवस्था असहज भएको छ ।

कोइराला निवासमै स्वास्थ्य अवस्था असहज भएका उनलाई तत्कालै उपचारका लागि गंगालाल हृदयकेन्द्र बाँसबारी लगिएकोमा त्यहाँबाट न्यूरो अस्पताल लगिएको छ ।

अस्पताल स्रोतका अनुसार आचार्यलाई मस्तिष्क घात भएको छ । अहिले आचार्यलाई आइसीयूमा राखेर स्वास्थ्य परीक्षण भइरहेको न्यूरो अस्पतालले जनाएको छ । उनको उपचार डा. उपेन्द्र देवकोटा नेतृत्वको टोलीले गरिरहेको छ ।

महाराजगञ्जबाट फर्किने तयारी रहेका बेला सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै गरेका उनको अवस्था एक्कासी असहज बनेको थियो । उनलाई नजिकै रहेका कांग्रेस काठमाडौं सभापति भिमसेन दास प्रधानले सहारा दिएका थिए ।

त्यसपछि आचार्यलाई प्रधानकै गाडीमा गंगालाल अस्पताल पुर्‍याइयो ।

उच्च रक्तचापका विरामी आचार्यलाई मस्तिष्कघात भएको हुनसक्ने भन्दै गंगालालबाट न्यूरो अस्पतालमा रेफर गरिएको हो । गंगालाल अस्पतालमा परीक्षण गर्दा उनको रक्तचापको मथिल्लो विन्दु २२० थियो ।

आचार्यको अवस्था स्थिर रहेको र परीक्षण तथा उपचार जारी रहेको चिकित्सकले बताएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>