थप समाचारमंगलबार, माघ २६, २०७२
कोइरालाको निधनमा भारतीय प्रधानमन्त्रीको समवेदना
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनबाट भारतले एक असल मित्र गुमाएको बताएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा प्रधानमन्त्री मोदीले कोइरालाको निधनप्रति दुःख व्यक्त गर्दै यस समयमा कोइराला परिवार र नेपाली जनतालाई हार्दिक समवेदना व्यक्त गरेका छन् ।
नेपालको राजनीतिमा लामो समय सेवा गरेका कोइरालाको निधनबाट नेपाली कांग्रेसले शीर्ष नेता र भारतले असल मित्र गुमाएको जनाउँदै उनले कोइरालाको सरलताले सबैलाई पाठ सिकाएको पनि उल्लेख गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>