Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
कोइराला देशभक्त राजनीतिज्ञ: प्रधानमन्त्री - Himalkhabar.com

थप समाचारमंगलबार, माघ २६, २०७२

कोइराला देशभक्त राजनीतिज्ञ: प्रधानमन्त्री

हिमालखबर

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति सुशील कोइराला नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा, देशभक्त राजनीतिज्ञ र अग्रणी व्यक्तित्व रहेको बताएका छन् ।

पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनमा प्रधानमन्त्री ओलीले दिएको समवेदना सन्देशमा प्रधानमन्त्रीले निरङ्कुशताविरुद्ध लोकतन्त्रको स्थापनाका लागि महत्वपूर्ण योगदान पुर्‍याएको तथा संविधानसभामा कांग्रेसको सभापति र संसदीय दलका नेता एवम् प्रधानमन्त्रीको हैसियतमा निर्वाह गरेको महत्वपूर्ण भूमिकाको प्रशंसाका साथ स्मरण गरेका छन् ।

“लोकतन्त्रप्रतिको उहाँको निष्ठा र क्रियाशीलता, सादा जीवनयापन गर्ने उहाँको शैली र जुनसुकै समस्याको पनि आपसी मेलमिलाप, सहकार्य र एकताबाट समाधान खोज्नुपर्छ भन्ने उहाँको विचारको हामी सबैले सम्मान गर्न सक्नुपर्छ,” प्रधानमन्त्री ओलीले भनेका छन् ।

उनको निधनबाट देशलाई अपूरणीय क्षति भएको उल्लेख गर्दै शोक सन्देशमा प्रधानमन्त्रीले शोकको घडीमा राष्ट्रिय एकता र समृद्धिको बाटामा संयम र धैर्यका साथ अघि बढ्न सबैमा आग्रह गरेका छन् ।

नेता कोइरालाको निधनबाट आफू स्तब्ध र दुःखी भएको बताउँदै उनले स्व कोइरालाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नाका साथै शोकसन्तप्त आफन्त र कांग्रेस पार्टीप्रति समवेदना प्रकट गरेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>