समाचारमंगलबार, माघ २६, २०७२
कोइरालाको अन्त्येष्टी भोलि गरिने
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको अन्त्येष्टी भोलि २७ माघ दिउँसो २ बजे गरिने भएको छ ।
पार्टी मूख्यालय सानेपामा राखिएको उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि दशरथ रंगशालामा १२ बजे ल्याइदैछ । कांग्रेस कार्यसमितिको आकस्मिक बैठकले कोइरालाको अन्त्येष्टी भोलि दिउँसो गर्ने निर्णय गरेको छ ।
बैठकले १३औं महाधिवेशनका सवै कार्यक्रम १ फागुनसम्म रोक्ने निर्णय गरेको छ । तर, महाधिवेशनको निर्धारित २०–२३ फागुनको मिति भने नबदल्ने भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>