समाचारमंगलबार, माघ २६, २०७२

एम्बुलेन्स समयमा आईपुगेनः कोइरालाका चिकित्सक डा. योगी

हिमालखबर

एम्बुलेन्स समयमा नआएपछि सुशील कोइरालालाई अन्तिम समयमा अस्पताल पुर्‍याउन नसकिएको उनको उपचारमा संलग्न चिकित्सक डा करबिरनाथ योगीले बताएका छन् ।

पछिल्लो दुई दिनदेखि स्वास्थ्य अवस्था असहज हुँदै गएका कोइरालालाई हिजो, २५ माघ विहान ‘चेकअप’ का लागि महाराजगञ्ज अस्पताल लैजाने तयारी गरिएको भए पनि स्वास्थ्य अवस्था सामान्य बनेकाले घरमै उपचार गर्ने निर्णय गरिएको थियो ।

२५ माघ दिउँसो करिब एक बजेतिर कांग्रेस सभापति सुशील कोइरालाले घरमा अन्तिम पटक जाउलो खाएका थिए ।

कोइरालाका नीजि चिकित्सक डा. योगीका अनुसार जाउलो खान सक्ने भएकाले परिवारको सल्लाहमा उनको उपचार घरमै गर्ने निर्णय गरियो । तर, राती करिब ११ बजे उनको स्वास्थ्य अवस्था फेरि विग्रियो ।

“पहिलेदेखि नै फोक्सो कमजोर भएकाले स्वास्थ्य स्थिति नाजुक बन्यो,” उनले भने ।

त्यसपछि कोइरालालाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लैजाने तयारी गरिए पनि समयमै एम्बुलेन्स आइनपुग्दा अन्तिम अवस्थामा अस्पताल लैजान नसकिएको डा. योगीले बताए ।

उनलाई राती १२ बजे घरमै दुई डोज इन्जेक्सन दिइएको थियो ।

“तर, राति अचानक स्वास्थ्य धेरै विग्रियो, समयमा एम्बुलेन्स नआउँदा अस्पताल पनि लग्न सकिएन,” डा. योगीले भने ।

कोइरालाको सोमबार, २५ माघ राति १२ः५० बजे आफ्नै निवास महाराजगञ्जमा निधन भयो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>