Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
कोइरालाको अन्त्येष्टि राजकीय सम्मानका साथ गरिने, कांग्रेस महाधिवेशन नसर्ने - Himalkhabar.com

थप समाचारमंगलबार, माघ २६, २०७२

कोइरालाको अन्त्येष्टि राजकीय सम्मानका साथ गरिने, कांग्रेस महाधिवेशन नसर्ने

हिमालखबर

सरकारले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको छ ।

कोइरालाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्दै प्रधानमन्त्री केपी ओली दशरथ रंगशालामा । तस्वीर: गोपेन राई

कोइरालाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्दै प्रधानमन्त्री केपी ओली दशरथ रंगशालामा । तस्वीर: गोपेन राई

प्रधानमन्त्री निवास बालुवाटारमा आज, २६ माघ बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले स्व कोइरालाको सम्मानका लागि तोप, सलामीलगायत अन्य आवश्यक व्यवस्था मिलाउन रक्षा तथा गृह मन्त्रालयलाई जिम्मा दिएको छ ।

बैठकले कोइरालाको निधनमा शोक मनाउन २७ माघमा सार्वजनिक बिदा दिने र माघ २६ देखि २८ गतेसम्म तीन दिन नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय पनि गरेको छ । कोइरालाको अन्त्येष्टि भोलि दिउँसो गर्ने नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले निर्णय गरेको छ ।

नेपालको लोकतान्त्रिक आन्दोलनका योद्धा, वरिष्ठ राजनीतिज्ञ, पूर्वप्रधानमन्त्री, नेपाली कांग्रेसका सभापति एवम् व्यवस्थापिका–संसद्का प्रमुख प्रतिपक्षी दलका नेता कोइरालाको दुःखद् निधनबाट नेपाल सरकार स्तब्ध भएको जनाउँदै बैठकले यस दुःखद् घडीमा दिवङ्गत कोइरालाप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै उनको आत्माको चिरशान्तिको कामना गरेको छ ।

बैठकको निर्णयमा भनिएको छ, “नेपालको लोकतान्त्रिक आन्दोलनमा लामो समय उहाँले निर्वाह गर्नुभएको भूमिका सदैव स्मरणीय रहनेछ । आजीवन राष्ट्र, जनता, नागरिक स्वतन्त्रता र लोकतान्त्रिक मूल्यमान्यताका हिमायती कोइरालाले नेपालको संविधान निर्माणमा पुर्‍याउनुभएको अतुलनीय योगदान नेपाल र नेपालीले सदैव सम्झिरहने छन् ।”

कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री अग्निप्रसाद खरेलले बैठकका निर्णयबारे जानकारी दिँदै सरकारले दुःखको यस घडीमा शोकसन्तप्त परिवारजन, आफन्त र शुभेच्छुक एवम् नेपाली कांग्रेसप्रति हार्दिक समवेदना व्यक्त गरेको बताए ।

कोइरालाको निष्ठा, त्याग र सङ्घर्षमय जीवनका उदाहरणीय पक्ष तथा सत्मार्ग सबैले आत्मसात् गर्न सक्नु नै उनीप्रति सच्चा श्रद्धाञ्जलि हुने विश्वास सरकारले व्यक्त गरेको छ ।

यस्तै सरकारले माघ २६ देखि २८ गतेसम्म कुनै पनि सार्वजनिक औपचारिक कार्यक्रम नगर्ने, माघ २८ र २९ गते परराष्ट्र मन्त्रालय लगायत विदेशस्थित नेपाली दूतावास र नियोगमा शोकपुस्तिका राख्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

राष्ट्रिय सम्मानसहितको अन्त्येष्टि कार्यको समग्र समन्वय गर्न गृहमन्त्री शक्तिबहादुर बस्नेतलाई तोकिएको छ ।

कांग्रेस महाधिवेशन नसर्ने

आज विहान बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले विभिन्न जिल्लाहरुमा जारी पार्टीको अधिवेशन फाल्गुन १ गतेसम्म स्थगित गरिएको जनाएको छ।

तर महाधिवेशन भने निर्धारित मिति २० देखि ३० फागुनमा नै गरिने बैठकले निर्णय गरेको छ । १ फागुनपछि बाँकी रहेका जिल्लाका अधिवेशनहरु शुरु हुनेछन् ।

पार्टी सभापतिको निधनपछि विधानत: उपसभापति रामचन्द्र पौडेलले कार्यवाहक सभापतिको जिम्वेवारी पाएका छन्।

पार्टी सभापति सुशील कोइरालालाई देश र जनताले अत्यन्त जटिल बन्दै गएको संक्रमणकालीन राजनीतिको बेला संविधानसभाबाट संविधान जारी गर्ने अभियानका मुख्य नेताको रुपमा सम्झने जनाएको छ।

कोइरालाले देखाएको निष्ठा, नैतिकता र सरल जीवन पद्दतिलाई पार्टीको प्रेरणा र पूँजीको रुपमा ग्रहण गरिने बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ।
पार्टीका कार्यवाहक सभापति रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले काँग्रेसले १३ दिनसम्म पार्टी कार्यालयहरुमा झन्डा झुकाउने र कुनै औपचारिक कार्यक्रमहरु नगर्ने निर्णय गरेको छ।

२६ फागुन दिउँसोबाट बुधवार अपरान्हसम्म कोइरालाको शवलाई अन्तिम श्रद्धान्जलीकालागि दशरथ रंगशालामा राखिने र बुधवार दिउँसो २ बजेपछि शवयात्रा शुरु गरिने छ।

बैठकले पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा उनको अन्तिम संस्कार गरिने निर्णय समेत गरेको छ ।

कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री कोइरालाको २५ माघ राति १२:५० बजे आफ्नै निवास महाराजगञ्जमा भएको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>