थप समाचारमंगलबार, माघ २६, २०७२

भारतीय विदेशमन्त्री स्वराज काठमाडौं आउँदै

हिमालखबर

पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्न भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौं आउँदैछिन् ।

काठमाडौंका लागि उडनु अघि दिल्ली विमानस्थलमा भारतीय विदेशमन्त्री स्वराज नेतृत्वको टोली । तस्वीर: विकास स्वरुपको ट्वीटरबाट

काठमाडौंका लागि उडनु अघि दिल्ली विमानस्थलमा भारतीय विदेशमन्त्री स्वराज नेतृत्वको टोली । तस्वीर: विकास स्वरुपको ट्वीटरबाट

सर्वदलीय टोलीको नेतृत्व गर्दै काठमाडौं आउन लागेकी स्वराजको टोलीमा भारतीय राष्ट्रिय कांग्रेसका आनन्द शर्मा, जनता दल युनाइटेडका अध्यक्ष शरद यादव, भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका नेता सीताराम यचुरी र प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहाकार अजित दोभल छन्।

स्वराजले नेता कोइरालाको पार्थिव शरीर राखिएको स्थल दशरथ रङ्गशाला पुगेर श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारी,  प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजै भेट्ने कार्यक्रम  छ ।

उपप्रधानमन्त्री  कमल थापा र नेपाली कांग्रेसका शीर्ष नेतृत्वसँग  पनि आजै बेग्ला बेग्लै छलफल  गरेर  स्वराज आजै साँझ नयाँदिल्ली फर्कने बताइएको छ ।

नयाँ संविधान जारी भएपछि काठमाडौं आएको यो सबैभन्दा उच्चस्तरको भारतीय प्रतिनिधिमण्डल हो।

नयाँ संविधानप्रति असन्तुष्टी जनाउँदै भारतले नेपालमाथि नाकाबन्दी गरेपछि दुवै देशबीचको सम्बन्ध चिसिएको थियो ।

तर, संविधानको पहिलो संशोधन भएको दुई सातापछि भारतले लगाएको अघोषित नाकाबन्दी अघोषित रुपमै हटिसकेको छ भने दुवै देश चिसिएको सम्बन्ध सुधार्ने प्रयासमा छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>