खेलकुदमंगलबार, माघ २६, २०७२
नेपाल पाकिस्तानसँग पराजित
आईसिसि यु–१९ विश्वकप अन्तर्गत पाँचौ स्थानका लागि भएको प्ले अफमा नेपाललाई पाकिस्तानले पराजित गरेको छ ।
बंगलादेशको खान साहेब रंगशालामा २६ माघमा पाकिस्तानले १२२ रनको जित हासिल गरेको हो ।
२५९ रनको लक्ष्य पछ्याएको यु–१९ टीम नेपाल ४३.५ ओभरमा १२२ रन जोड्दा अल आउट भयो । नेपालका लागि सर्वाधिक रन जोडेका प्रेम तामाङले ९१ बलमा अविजित ६५ रन बनाए ।
टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानका लागि हसन मोहसिनले ११७ र सरिफ बदरले ८८ रन जोडेका थिए ।
सन्दिप लामिछानेले तीन तथा आरिफ शेख र दिपेन्द्रसिंह ऐरीले समान दुई–दुई रन र सुशील कँडेलले एक विकेट झारेका थिए ।
नेपालले सातौं स्थानका लागि नामिबिया र इंल्याण्ड मध्ये पराजित टीमसँग २८ माघमा प्रतिस्पर्धा गर्नेछ ।