समाचारमंगलबार, माघ २६, २०७२
नेता कोइरालाको निधनको खबरले चीन स्तब्ध
चीनले नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको असामयिक निधनको खबरले आफू स्तब्ध भएको बताएको छ ।

कोइरालाको पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गरेपछि नेपालका लागि चीनका राजदूत ।
नेता कोइरालाको निधनमा गहिरो दुःख व्यक्त गर्दै चीन सरकारले आज उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापालाई शोक सन्देश पठाउँदै नेता कोइरालाका शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ ।
चिनियाँ विदेशमन्त्री वाङ् यीले परराष्ट्रमन्त्री थापालाई पठाएको सन्देशमा कोइरालाले पार्टी सभापति एवम् प्रधानमन्त्रीका रुपमा नेपाल–चीन सम्बन्ध सुदृढीकरणमा निर्वाह गर्नुभएको अतुलनीय योगदानको स्मरण गरिएको छ ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
