समाचारमंगलबार, माघ २६, २०७२

प्रधानमन्त्री ओलीसँग स्वराजको भेट

हिमालखबर

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ ।

oli_swarajनेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाप्रति श्रद्धाञ्जलि व्यक्त गर्न आएको प्रतिनिधिमण्डलले यसअघि आफ्नोतर्फबाट शोक जनाएको थियो ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले कोइरालाको निधनको सन्दर्भमा शोक व्यक्त गर्न भारतीय प्रतिनिधिमण्डल आएको र अन्य विषयमा केन्द्रित भएर कुराकानी नभएको बताए ।

भेटमा प्रधानमन्त्री ओलीले दुःखका बेला छिमेकीले साथ दिन्छन् भन्ने आफूले महसुस गरेको बताएको रिमालले जानकारी दिए।

प्रधानमन्त्रीको भारत भ्रमणबारे कुरा भयो की ? भन्ने प्रश्नमा रिमालले सोबारे सामान्य कुरा भएको र आगामी ७ फागुन साँझ प्रधानमन्त्री ओली भारत प्रस्थान गर्ने बताए ।

भेटमा प्रधानमन्त्री ओलीका साथ उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापा, उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीमबहादुर रावल, नेकपा एमालेका महासचिव ईश्वर पोखरेल, भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय थिए भने भारतीय पक्षबाट विदेशमन्त्री स्वराजका साथ भएका भारतीय काँग्रेसका तर्फबाट पूर्व विदेशमन्त्री आनन्द शर्मा, कम्युनिस्ट पार्टी माक्र्सवादीका महासचिव सीताराम येचुरी, जनता दल युनाइटेडका शरद यादव, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र नेपालका लागि भारतीय राजदूत रणजित रायलगायत उपस्थित थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>