Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
कांग्रेस पदाधिकारी र भारतीय प्रतिनिधिमण्डलबीच भेटवार्ता - Himalkhabar.com

थप समाचारमंगलबार, माघ २६, २०७२

कांग्रेस पदाधिकारी र भारतीय प्रतिनिधिमण्डलबीच भेटवार्ता

हिमालखबर

नेपाली कांग्रेसका पदाधिकारी र भारतीय विदेश मन्त्री सुष्मा स्वराज नेतृत्वको भारतीय प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ ।

नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाप्रति श्रद्धाञ्जलि व्यक्त गर्न आज नेपाल आएको भारतीय विदेशमन्त्री स्वराज नेतृत्वको पाँच सदस्यीय प्रतिनिधिमण्डलबीच दशरथ रङ्शालामा संक्षिप्त भेटवार्ता भएको हो ।

भेटमा भारतीय नेताले कोइराला परिवारले भारतको स्वतन्त्रता सङ्ग्राममा महत्वपूर्ण योगदान दिएको र कोइराला परिवारसँग भारतको पुरानो सम्बन्ध रहेको चर्चा गरेको भेटमा सहभागी स्व कोइरालाका परराष्ट्र सल्लाहकार डा दिनेशचन्द्र भट्टराईले बताए ।

भारतीय नेताले स्व कोइरालाको अचानक निधनले आफूलाई दुःखी तुल्याएको बताउँदै दुई दिनअघि मात्र भारतीय राजदूतले कोइरालासँग कुरा गरेको अवगत गराए ।

स्व कोइरालाले नै नेपालमा संविधानसभाबाट संविधान ल्याएको बताउँदै उनीहरुले संविधानमा सबैको अपनत्व गराउन कोइराला नेतृत्वको सरकारले नै संविधानको पहिलो संशोधनमा प्रस्ताव दर्ता गराएको स्मरण गरेको थिए ।

भेटमा कांग्रेसका तर्फबाट कार्यवाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, विदेश विभाग प्रमुख सुजाता कोइराला, केन्द्रीय सदस्य महेश आचार्यलगायत नेता थिए ।

भारततर्फबाट विदेशमन्त्री स्वराज, भारतीय काँग्रेसबाट पूर्व विदेशमन्त्री आनन्द शर्मा, कम्युनिस्ट पार्टी माक्र्सवादीका महासचिव सीताराम योचुरी, जनता दल युनाइटेडका शरद यादव र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोबल सहभागी थिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>