Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
वीरगन्ज नाकाबाट १३ लाख लिटर इन्धन भित्रियो - Himalkhabar.com

थप समाचारमंगलबार, माघ २६, २०७२

वीरगन्ज नाकाबाट १३ लाख लिटर इन्धन भित्रियो

हिमालखबर

jiyaनेपाल आयल निगमले आज वीरगन्ज नाकाबाट ९५ ट्याङ्करमा लोड रहेको १३ लाख १० हजार लिटर इन्धन नेपाल भित्र्याएको छ ।

नेपाल आयल निगमले भारतको बरौनी र रक्सौल डिपोबाट आज उक्त परिमाणमा इन्धन भित्र्याएको हो ।

वीरगन्ज नाकाबाट आज साँझ ६ः३० बजेसम्म ५९ ट्याङ्करमा सात लाख ३४ हजार लिटर डिजल, २१ ट्याङ्करमा तीन लाख लिटर पेट्रोल, १२ ट्याङ्करमा दुई लाख ४० हजार लिटर हवाई इन्धन र तीन ट्याङ्करमा लोड रहेको ३६ हजार लिटर मट्टितेल वीरगन्ज नाकाबाट भित्रिएको नेपाल आयल निगम क्षेत्रीय कार्यालय अमलेखगन्जका क्षेत्रीय प्रमुख भानुभक्त खनालले जानकारी दिए ।

उनले मधेसकेन्द्रित दलले नाका केन्द्रित आन्दोलन गरेयता साढे चार महिनामा पहिलो पटक वीरगन्ज नाकाबाट यति ठूलो परिमाणमा इन्धन नेपाल भित्रिएको बताए ।

यसअघि हिजो २५ माघमा यो नाकाबाट २४ ट्यांकर इन्धन भित्रिएको थियो ।

जियालाल साह, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>