समाचारबुधबार, माघ २७, २०७२
नेता कोइरालालाई श्रद्धाञ्जलि दिन बिहानैदेखि घुइँचो
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई श्रद्धाञ्जलि दिन आज, २७ माघ बिहानैदेखि दशरथ रङ्गशालामा घुइँचो लागेको छ ।

तस्वीर: गोपेन राई
नेपाली कांग्रेसको तेह्रौँ महाधिवेशनका लागि जिल्लामा रहेका नेता तथा कार्यकर्ताहरु काठमाडौँ आउन थालेपछि घुइँचो बढेको हो । कोइरालाको गृहजिल्ला बाँके, बाग्लुङ, चितवनलगायत जिल्लाबाट सर्वसाधारणहरु आउनेक्रम जारी छ ।
२६ माघ बेलुकादेखि नेपाल सरकारको जिम्मामा रहेको बाकसभित्र रहेको कोइरालाको शवलाई श्रद्धाञ्जलि दिन आज बिहान ९ बजेदेखि बाकसबाट बाहिर निकालिएको छ ।
आजै दिउँसो २ बजे शव यात्रा निकालेपछि पशुपति आर्यघाटमा कोइरालाको अन्त्येष्टि हुनेछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
