समाचारबुधबार, माघ २७, २०७२

दुई पक्षीय असमझदारी हटेको छः मन्त्री पौडेल

हिमालखबर

bishnu-poudelअर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल र भारतबीचको द्विपक्षीय असमझदारी हटाउन आफ्नो भ्रमण सफल रहेको दाबी गरेका छन् ।

तीनदिने भारत भ्रमणपछि २६ माघमा स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पौडेलले
प्रधानमन्त्री केपी शर्मा ओलीले निकट भविष्यमा गर्न लागेको भारत भ्रमणलाई सफल बनाउने विषयमा भारतीय नेताहरुसँग छलफल भएको बताए ।

“दुई मुलुकबीचको सम्बन्ध हार्दिक र मैत्रीपूर्ण बनाउन भ्रमण सफल भएको छ । सम्बन्ध जीवन्त भएको छ,” उनले दाबी गरे ।

तर, प्रधानमन्त्रीको भ्रमणको मिति भने दुई देशका सम्बद्ध अधिकारी बसेर टुङ्गो लगाइने पौडेलले जानकारी दिए ।

भ्रमणका क्रममा अर्थमन्त्री पौडेलले भारतीय गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुष्मा स्वराज र अर्थमन्त्री अरुण जेटेलीसँग भेटवार्ता गरी आपसी हित र चासोका विषयमा छलफल गरेका थिए ।

भ्रमणका क्रममा भारतीय पक्षले भूकम्पपछिको पुनःनिर्माणको योजनामा नेपाल अघि बढेकाले आवश्यक आर्थिक स्रोत एवम् सहयोग गर्न भारत तयार रहेको जनाएको छ ।

मन्त्री पौडेलका अनुसार भारतीय अर्थमन्त्रीले भारत सरकारले उपलब्ध गराउने वचन दिएको ऋण सहायता, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा घोषणा गरिएको सहयोग राशि एवम् भूकम्पछि आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा व्यक्त प्रतिबद्धतानुसार अगाडि बढ्न तयार रहेको जनाएका थिए ।

नेपालको आवश्यकता र प्राथमिकतानुसार भौतिक पूर्वाधारका क्षेत्रमा सहायता उपलब्ध गराउनसमेत भारत सरकार तयार छ भन्दै अर्थमन्त्री पौडेलसँगको भेटमा समकक्षी जेट्लीले दुई देशबीचको सम्बन्ध नयाँ आधारमा अगाडि बढ्ने विश्वाससमेत व्यक्त गरेको पौडेलले बताए ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>