समाचारबुधबार, माघ २७, २०७२
कोइरालाको निधनबाट दक्षिण एशियामा क्षति: शेख हसिना
बांग्लादेशका प्रधानमन्त्री शेख हसिनाले नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनबाट समग्र दक्षिण एशियामा अपूरणीय क्षति पुगेको भन्दै शोक ब्यक्त गरेकी छन् ।
नेपाली कांग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेललाई आज एक शोक सन्देश पठाएर प्रधानमन्त्री हसिनाले दिवङ्गत नेताप्रति हार्दिक श्रद्धाञ्जलि एवम् नेपाली कांग्रेस, नेपाली जनता र शोकाकूल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेकी छन् ।
सन्देशमा प्रधानमन्त्री हसिनाले नेता कोइरालालाई एक राजनेता भन्दै इतिहासको कठिन परिस्थितिमा उनले देखाएको दृढ नेतृत्व तथा महान् सीप र नेतृत्वको स्मरण गरेकी छन् । । उनले कोइरालाको निधनबाट नेपालमात्र नभई समग्र दक्षिण एशीयामा अपूरणीय क्षति भएको बताएकी छन् ।
बङ्गलादेशको स्वतन्त्रता सङ्ग्रामका बेला उनले निर्वाह गरेको निःस्वार्थ एवम् साहसपूर्ण भूमिकाको आफ्नो मुलुकले सधैँ स्मरण गरिरहने उल्लेख गर्दै प्रधानमन्त्री हसिनाले सन्देशमा स्वर्गीय कोइरालाको आत्माको चिरशान्तिको कामना गरेकी छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
