समाचारबुधबार, माघ २७, २०७२

भुटानका गृहमन्त्रीद्वारा कोइरालाप्रति श्रद्धाञ्जलि

हिमालखबर

नेता सुशील कोइरालाको पार्थिव शरीरमा भुटानका गृह तथा संस्कृति मन्त्री दावा ग्याल्तसेनले श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

 भुटानका गृह तथा संस्कृति मन्त्री दावा ग्याल्तसेन दशरथ रङ्गशालामा राखिएको नेता सुशील कोइरालाको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्दै । तस्वीरः रोशन सापकोटा, रासस


भुटानका गृह तथा संस्कृति मन्त्री दावा ग्याल्तसेन दशरथ रङ्गशालामा राखिएको नेता सुशील कोइरालाको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्दै । तस्वीरः रोशन सापकोटा, रासस

स्व कोइरालाको अन्त्येष्टिमा सहभागी हुन काठमाडौँ आएका भुटानी गृहमन्त्री ग्याल्तसेनले केहीबेर अघि दशरथ रङ्गशाला गई पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।

कोइरालाको निधनको खबर पाएपछि मन्त्री ग्याल्तसेन गए राति नै काठमाडौँ आइपुगेका थिए ।

यसैबीच, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले पूर्वप्रधानमन्त्री कोइरालाको निधनप्रति शोक सन्देश पठाई समवेदना प्रकट गरेका छन् ।

प्रधानमन्त्री तोब्गेले पठाएको सन्देशमा नेपाली कांग्रेस र नेपाली जनताका लागि दुःखद् खबर हो, भन्दै, यस विपद्को घडीमा धैर्य धारण गर्न आग्रह गरेका छन् ।

स्व कोइरालाप्रति श्रद्धाञ्जलि व्यक्त गर्न रङ्गशालामा बिहानैदेखि सर्वसाधरणको भीड लागेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>