समाचारबुधबार, माघ २७, २०७२

नेता कोइरालाको अन्तिम विदाई, भतिजाले दिए दागबत्ति

हिमालखबर

नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

funeral1कोइरालाको पार्थिव शरीरमा उनका भतिजाद्वय अतुल कोइराला र सुधांशु कोइरालाले दागबत्ति दिएका छन् भने नेपाली सेनाले १३ तोपको सलामी दिएको छ ।

यसअघि आर्यघाटमै प्रधानमन्त्री केपी शर्मा ओलीले कोइरालाको शवमा राष्ट्रिय झण्डा ओढाएका थिए ।

दिउँसो सवा दुई बजेपछि दशरथ रङ्गशालाबाट शुरु भएको शवयात्रा थापाथली, सिँहदरबार, पुतलीसडक, कमलपोखरी, ज्ञानेश्वर, कालोपुल, गौशाला हुँदै पशुपति आर्यघाट पुर्याइएको थियो।

कोइरालालाई अन्तिम श्रद्धान्जली दिन प्रधानमन्त्री, सभामुख, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरु, विभिन्न दलका नेता, कुटनीतिज्ञ, प्रशासक, कांग्रेस कार्यकर्ता र सर्वसाधारण आर्यघाट पुगेका थिए।

शवयात्रामा नेपाली काँग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्रीद्वय प्रकाशमान सिँह र कृष्ण सिटौलागायत पार्टीका नेता तथा कार्यकर्ता, स्व कोइरालाका भाइ अशोक कोइराला, भतिजाहरु शुभचिन्तक तथा सर्वासाधरणको सहभागिता थियो ।

२५ माघ राति १२ः५० बजे निधन भएका कोइरालालाई सरकारले राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने मङ्गलबार नै निर्णय गरेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>