Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
मुटु प्रत्यारोपणको ३३ वर्षपछि निधन - Himalkhabar.com

थप समाचारबिहीबार, माघ २८, २०७२

मुटु प्रत्यारोपणको ३३ वर्षपछि निधन

हिमालखबर

मुटु प्रत्यारोपण गराएपछि सबैभन्दा लामो समयसम्म जीवित रहेका जोन म्याकाफर्टीको निधन भएको छ ।

McCafferty३३ वर्षअघि २० अक्टोबर, १९८२ मा बेलायतको मिडिलसेक्सको हेयरफिल्ड अस्पतालमा जोन म्याकाफर्टीको मुटु प्रत्यारोपण गरिएको थियो ।

त्यसबेला अस्पतालले उनलाई प्रत्यारोपणपछि ५ वर्षमात्रै उनको आयु लम्बिने बताएको थियो ।

उनकी पत्नी एनले भनिन्, “प्रत्यारोपणपछिका तीन दशक हामीसँगै थियौं र त्यो शानदार अवधिमा हामीले संसार घुम्यौं ।”

दम्पतीले गत अक्टोबरमा आफ्नो विवाहको ६० औं उत्सव मनाएका थिए ।

बकिंघमशरको न्यूपोर्ट पेगनलका वासिन्दा ७३ वर्षीय म्याकाफर्टीको मृत्यु मिल्टन किन्ज अस्पतालमा मंगलबार भयो ।

२०१३ मा गिनिज वल्र्ड अफ रेकर्डसमा मुटु प्रत्यारोपणपछि सबैभन्दा लामो समय जीवित रहेकामा उनको नाम उल्लेख छ ।

त्यसअवसरमा उनले उक्त रेकर्डले मुटु प्रत्यारोपणको प्रतिक्षामा रहेकाहरुलाई प्रेरणा दिएको बताएका थिए ।

उनी ३९ वर्षको छँदा मुटुमा समस्या देखिएको थियो । सन् १९६७ मा दक्षिण अफ्रिकामा पहिलोपटक मुटुको सफल प्रत्यारोपण भएको थियो ।

यद्यपी यो प्रत्यारोपणको १८ दिनपछि नै प्रत्यारोपण गराएका लुइस वाशक्यान्सकीको निधन भएको थियो ।

बीबीसीबाट साभार

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>