समाचारबिहीबार, माघ २८, २०७२
संसदबाट शोक प्रस्ताव पारित
व्यवस्थापिका–संसद्ले नेपाली कांग्रेसका सभापति, पूर्वप्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षी दलका नेता स्वर्गीय सुशील कोइरालाको दुःखद् निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
सभामुख ओनसरी घर्तीले प्रस्तुत गरेको शोक प्रस्तावलाई संसद्को आज, २८ माघको बैठकले सर्वसम्मत रुपमा पारित गरेको हो । सभापति कोइरालाको २०७२ साल माघ २६ गते बिहान १२:५० बजे ७७ वर्षको उमेरमा आफ्नै निवास महाराजगन्जमा निधन भएको थियो ।
शोक प्रस्तावमा ‘नेपालको संविधान निर्माण गर्ने अभियान र संविधान संशोधन गर्ने प्रक्रियामा तत्कालीन प्रधानमन्त्रीको हैसियतले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका सादा जीवन र स्वच्छ छविका सांसद सुशील कोइरालाको असमायिक दुःखद निधन भएकामा बैठक गहिरो शोक प्रकट गर्दछ’ भनिएको छ ।
बैठकले एक मिनेट मौन धारण गरेको थियो ।
व्यवस्थापिका–संसद्को अर्को बैठक आगामी फागुन ४ गते मङ्गलबार बिहान ११ बजे बस्नेछ ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
