थप समाचारबिहीबार, माघ २८, २०७२
टेलिकमले करिब आठ सय कर्मचारीलाई अवकाश दिने
नेपाल टेलिकमले कर्मचारी कटौती गर्ने निर्णय गरेको छ ।
सूचना तथा सञ्चार मन्त्रालयका सचिव तथा नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष दिनेशकुमार थपलियाको अध्यक्षतामा बुधबार बसेको बैठकले पहिलो चरणमा ७९६ कर्मचारी कटौती गर्ने निर्णय गरेको हो ।
टेलिकमका सहप्रवक्ता दिल्लीराम अधिकारीले ती कर्मचारीलाई आकर्षक रकम सहित स्वेच्छिक अवकाश दिने निर्णय गरिएको जानकारी दिए ।
उनका अनुसार टेलिकमले संस्थाको सुधार, जनशक्ति व्यवस्थापन र बढी भएका जनशक्तिको सम्मानजनक अवकाश दिने निर्णयानुसार पहिलो चरणमा कर्मचारी कटौती गर्न लागेको हो ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>