समाचारबिहीबार, माघ २८, २०७२

विवादास्पद र नेपाललाई नोक्सान पुग्ने सम्झौता गर्दिनः प्रधानमन्त्री ओली

हिमालखबर

अखिलकाे २२अाैं महाधिवेशन उद्‌घाटन गर्दै प्रधानमन्त्रीलगायत एमालेका शीर्ष नेताहरु । तस्वीरः अानन्दराम डंगाेल

अखिलकाे २२अाैं महाधिवेशन उद्‌घाटन गर्दै प्रधानमन्त्रीलगायत एमालेका शीर्ष नेताहरु । तस्वीरः अानन्दराम डंगाेल

प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न भारत भ्रमणमा कुनै विवादास्पद र देशलाई अहित गर्ने सम्झौता नगर्ने बताएका छन् ।

जनवर्गीय संगठन अनेरास्ववियुको काठमाडौंमा २२औं महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय हितका पक्षमा मात्रै सम्झौता हुने बताए । उनले भने, “नेपालको हितहरुमा दृढ र अडिग रहन्छु ।”

उनले छिमेकी र दुनियासँग सन्तुलित, मैत्रीपूर्ण र पारस्परिक सम्मानको आधारमा सम्बन्ध स्थापना गरिने बताए । प्रधानमन्त्री ओलीले भने, “देश नयाँ चरण प्रवेश गरिसक्यो, मुलुकको स्वाभिमानलाई झुक्न दिइदैन ।”

उनले २०७४ असार मसान्तभित्र तुइन विस्थापित गरिसकिने बताए । उनले भने, “मेरो प्रतिवद्धतालाई मजाक ठान्नेहरुलाई १ साउन २०७४ मा तुइन भेटियो भने फोटो खिचेर सिंहदरबार ल्याउनुस् ।”

कपिल भट्ट, काठमाडाैं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>