समाचारबिहीबार, माघ २८, २०७२

ज्यान लिने डाक्टरलाई कारवाही गर्न सिफारिस

हिमालखबर

ddनेपाल मेडिकल काउन्सिलले दिलिपकुमार यादवलाई ३ वर्ष कैद र ३ हजार जरिवाना माग गर्दै मुद्दा चलाउने निर्णय गरेको छ ।

काउन्सिलको २८ माघमा बसेको बैठकले डाक्टर बनेर बिरामी जाँच गर्ने यादव विरुद्ध नेपाल सरकार समक्ष मुद्दा चलाउने निर्णय गरेको हो ।

काउन्सिल ऐन २०२० को दफा २७ (१) अनुसार आधुनिक औषधि सम्बन्धी चिकित्सकीय काम गर्ने हेतुले आफूले नपाएको आधुनिक औषधी सम्बन्धी डिग्री, डिप्लोमा, सर्टिफिकेट, लाइसेन्स वा उपाधि आफ्नो नामसँग जोडी लेख्न वा लेख्न नहुने व्यवस्थाका बिरुद्ध यादवले काम गरेको काउन्सिलको ठहर छ ।

चारआलीस्थिति बुधबारे मनकामना अस्पतालका यादवले १९ जेठ २०७१ झापाकाे बुधबारे–९, का कविता लुहागन(१७)को डेलीभरी गर्ने क्रममा शिशुको ज्यान गएको थियो ।

कविता लुहागनको मृत छोरीको अवस्थाबारे बुझ्न खटिएको काउन्सिलको टोलीले लुहागनलाई डेलिभरी गराउने कार्यमा अस्पतालका सञ्चालक यादवले डाक्टरको नाम दिई चिनाउने गरेको र उपचारमा संलग्न हुने गरेको भेटिएको थियो । हाल डा. यादव काउन्सिलमा दर्ता भई चिकित्सकीय पेशाका लागि १५६६६ नम्बरको लाइसेन्स लिएका छन् ।

मुलुकमा चिकित्सकीय पेशा गर्न मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र परीक्षा उत्तिर्ण गरी लाइसेन्स लिनुपर्ने व्यवस्था छ ।

यस्तै, काउन्सिलले गैरआचारणयुक्त काम गर्ने डा. श्यामप्रसाद शाह (काउन्सिल दर्ता नं. ३३५०), डा. रञ्जितकुमार सिंह(काउन्सिलदर्ता नं. ५६८३), डा. देवी गुरूङ्ग (काउन्सिल दर्ता नं. २८४५) र डा. शुशीलकुमार शाक्य (काउन्सिल दर्ता नं. १४७१) लाई अब आइन्दा कमजोरी नगर्न सचेत गराएको छ ।

यससम्बन्धी हिमालखबर पत्रिकामा प्रकाशित रिर्पाेटः नेपाल ‘क्वाक’ लाई स्वर्ग

–रामु सापकोटा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>