थप समाचारबिहीबार, माघ २८, २०७२
डा भगवान कोइरालालाई असल शासन पुरस्कार
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्राध्यापक डा भगवान कोइरालालाई असल शासन फाउन्डेसनद्वारा असल शासन पुरस्कार तथा असल शासन फाउन्डेसन रनिङशिल्ड प्रदान गरिएको छ ।
फाउन्डेसनले आज, २८ माघमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा चिकित्सा संस्थामा असल शासन तथा आर्थिक पारदर्शिता कायम गरी उदाहरणीय काम गरेको भन्दै सम्मान गरेको हो ।
डा कोइरालालाई सम्मान गर्दै प्रधानन्यायाधीश कल्याण श्रेष्ठले नकारात्मक विचार त्यागेर सकारात्मक पक्षलाई अवलम्बन गरेमात्र व्यक्ति सफल हुने बताए । उनले भने, “सबैको भलाइ र सम्मान हुने काम गरेमात्र असल शासन निर्माण हुनेछ ।”
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले डा कोइरालाले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदान अतुलनीय रहेको बताएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>