समाचारशुक्रबार, माघ २९, २०७२

दुर्घटनामा कांग्रेस क्षेत्रीय सदस्यको मृत्यु

हिमालखबर

काँग्रेस इलामका क्षेत्रीय सदस्य महेश कार्कीको मेचीराजमार्गअन्तर्गत इलामको बरबोटेमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी ज्यान गएको छ ।

पाँचथरबाट इलामतर्फ आउने क्रममा मे७प ५०९ नंको मोटरसाइकल बरबोटे–५ मा दुर्घटनामा परी इलाम नगरपालिका–५ का ३७ वर्षीय कार्कीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका कार्कीलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।

कार्की हालै सम्पन्न भएको नेकाको जिल्ला अधिवेशनमा इलाम क्षेत्र नं ३ बाट क्षेत्रीय सदस्यमा निर्वाचित भएका थिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>