समाचारशुक्रबार, माघ २९, २०७२
अमलेगञ्ज डिपो प्रमुख भन्छन्, ‘रक्सौल नाकाबाट इन्धन सहज आपूर्ती हुन अझै १२ दिन लाग्छ’
वीरगञ्ज–रक्सौल नाकास्थित मितेरी पुलमा रहेको अवरोध हटेपछि आपूर्ती हुन थालेपनि सामान्य अवस्थमा आउन १०÷१२ दिन लाग्ने अमलेखगञ्ज क्षेत्रीय डिपोले जनाएको छ ।
डिपोमा प्रयाप्त तेल नआइसकेको र इन्धन ढुवानी गर्ने साधनको व्यवस्थापन गर्न समय लाग्ने डिपो प्रमुख भानुभक्त खनालले बताए । उनले भने, “रक्सौल आउने वेगन ‘रेलको ट्याङ्की’ अन्यत्र पठाइएको छ । ल्याएपछि अवस्था हेरेर सफा गर्न, बन्द भएको रुट खोल्न समय लाग्छ ।”
उनले माग अनुसारको आपूर्ती गर्न अझै १२ दिनजति पखर्नुपर्ने बताए । सामान्य अवस्थामा आयल निगमले रक्सौल डिपोबाट दैनिक २५ सय देखि ३ हजार किलो लिटरसम्म इन्धन आउने गर्छ ।
नाका खुलेको एक सातामा ३७४ ट्याङकर पेट्रोलियम पदार्थ र ८ बुलेट ग्यास नेपाल भित्रिएको छ । नाकाबन्दी पछि भारतले नेपाल आयल निगमलाई सहज रुपमा इन्धन दिन थालेकोले आयात दिनप्रतिदिन बढिरहेको क्षेत्रीय डिपो अमलेखगञ्जले जनाएको छ ।
–सुरेश बिडारी, वीरगञ्ज
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
