Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
युगकै महत्वपूर्ण खोज: गुरुत्वाकर्षण तरंगको पुष्टि, सही थिए आइन्सटाइन - Himalkhabar.com

समाचारशुक्रबार, माघ २९, २०७२

युगकै महत्वपूर्ण खोज: गुरुत्वाकर्षण तरंगको पुष्टि, सही थिए आइन्सटाइन

सञ्जीव शर्मा

अमेरिकी वैज्ञानिकहरुले गुरुत्वाकर्षण तरंग पत्ता लगाएका छन् । यसलाई युगकै महत्वपूर्ण खोजमध्ये एक मानिएको छ ।

blackholeआजभन्दा १.३ अर्ब वर्षअघि दुई ‘ब्ल्याक होल’ घुम्दै एक अर्काको नजिक पुगे र आपसमा मिसिए । त्यसबेला निसृत भएको गुरुत्वाकर्षण तरंग भर्खरै अमेरिकी वैज्ञानिकहरुले रेकर्ड गर्न सफल भएका छन् ।

१०१ वर्षअघि प्रख्यात वैज्ञानिक अल्बर्ट आइन्सटाइनले सापेक्षताको सिद्धान्त ‘थियरी अफ जनरल रिलेटिभिटी’ प्रतिपादन गर्दा नै गुरुत्वाकर्षण तरंगबारे उल्लेख गरेका थिए । उनको भविष्यवाणी आज सही सावित भएको छ ।

आइन्सटाइनले ब्रह्माण्डमा रहेका दुई वस्तुहरु एकअर्काको नजिक आउँदा वा ठोक्किंदा गुरुत्वाकर्षण तरंग उत्पन्न हुने र प्रकाशको गतिमा यात्रा गर्ने अनुमान गरेका थिए ।

त्रिवि भौतिक शास्त्र केन्द्रीय विभागका प्राध्यापक उदय खनालका अनुसार गुरुत्वाकर्षण तरंग पत्ता लागेसँगै ब्रह्माण्डको सृष्टिबारे थाहा पाउन नयाँ युगको शुरुवात भएको छ ।

उनले मेकानिकल तरंग वा इलेक्ट्रोम्याग्नेटिक तरंगको उपयोग जस्तै गुरुत्वाकर्षणीय तरंगको हाम्रो दैनिक जीवनमा उपयोगबारे अहिल्यै केही भन्न नसकिए पनि ब्रह्माण्डको अध्ययन्का लागि यो तरंगको खोजले नयाँ मार्ग खोलिदिएको बताए ।

आइन्सटाइनकै सिद्धान्त अनुसार अमेरिकाको लाइगो अब्जर्वेटरीका अनुसन्धानकर्ताले दुई ब्ल्याकहोल घुम्दै नजिक पुगेर एकआपसमा मिल्दा निक्लने गुरुत्वाकर्षण तरंग बारे पत्ता लगाएका हुन् ।

म्याक्स प्ल्यांक इन्स्टिच्यूट फर ग्राभिटेशनल फिजिक्स र लेबनिज यूनिभर्सिटीका प्राध्यापक कास्टर्न डान्जम्यानका अनुसार गुरुत्वाकर्षण तरंग र ब्ल्याकहोलबारे प्रत्यक्षरुपमा पत्ता लागेको छ ।

पृथ्वीभन्दा अरबौं प्रकाश वर्ष टाढा रहेका दुई ब्ल्याकहोल आपसमा मिल्दा अन्तरिक्ष र समयको सम्बन्ध (दिक–काल) बारे पत्ता लागेको हो । ब्ल्याक होल मिल्दा प्राप्त सिग्नलहरु निकै सुक्ष्म रहेको र ‘इन्टरफेरोमिटर्स’ नामको यन्त्रमा एक अणुको चौडाई बराबरको क्रियाकलाप रेकर्ड भएको बताइएको छ ।

यो तथ्य पत्ता लागेसँगै ब्रह्माण्डको सृष्टिबारे भनिंदै आएको ‘बिग ब्यांग’ सिद्धान्त बुझ्नका लागि नयाँ ढोका खुलेको छ ।

के हो गुरुत्वाकर्षण तरंग (ग्राभिटेशनल वेभ)
अहिलेसम्म मेकानिकल तरंग र इलेक्ट्रोम्याग्नेटिक तरंग बारे मात्रै पत्तो लागेको थियो । जसबाट हामीले थुप्रै सुविधाहरु जुटायौं ।

मेकानिकल तरंगको सामान्य उदाहरण ध्वनीको तरंग, पानीको तरंग आदि हो । प्रशारण हुन माध्यम चाहिने यस्तो तरंगसँगै शक्ति पनि प्रवाहित हुन्छ ।

जस्तो पानीमा केही वस्तु खस्दा उत्पन्न हुने तरंगहरु हामी सजिलै देख्छौं । त्यसैगरी ध्वनी तरंग प्रशारण हुन पानी वा हावा वा ठोस वस्तुको आवश्यकता पर्छ ।

इलेक्ट्रोम्याग्नेटिक तरंग प्रसारण हुनका लागि कुनै माध्यमको आवश्यकता पर्दैन । प्रकाश तरंग, रेडियो तरंग, एक्सरे आदि यसका उदाहरण हुन् ।

अहिले पत्ता लागेको चाहीं तेस्रो– गुरुत्वाकर्षण तरंग हो । जसबारे आजभन्दा एक सय वर्षअघि आइन्सटाइनले उल्लेख गरेका थिए तर, त्यसको पुष्टि भने भर्खरै मात्रै भयो ।

इलेक्ट्रोम्याग्नेटिक तरंगबाट समेत थाहा पाउन नसकिएकोे अन्तरिक्षको विस्तृणताबारे प्रकाशकै गतिमा यात्रा गर्ने गुरुत्वाकर्षणतरंगबाट थाहा पाउन सकिने बैज्ञानिकहरुले बताएका छन् ।

ब्ल्याक होल
ब्ल्याक होल अंतरिक्षको त्यस्तो स्थान हो जसको गुरुत्व क्षेत्र यति शक्तिशाली हुन्छ कि त्यहाँ प्रकाश समेत प्रवेश गरेपछि बाहिर निक्लन सक्दैन । ब्ल्याक होलले आफ्नो ‘इभेन्ट होराइजन’सम्म पुगेका सबै वस्तुलाई खुम्च्याउँदै आफूमा समाहित गर्छ ।

सापेक्षताको सिद्धान्त अनुसार जब कुनै विशाल ताराको विघटन हुन्छ त्यसबेला त्यो आफैं भित्र समेटिन थाल्छ तब ठूलो ब्ल्याक होल निर्माण हुन्छ, उसले सबै चिज आफू भित्रै समेट्न थाल्छ ।

ब्ल्याक होलको वरिपरी गणितीय तथ्यहरुका आधारमा परिभाषित गरिएको काल्पनिक सतह हुन्छ, जसलाई इभेन्ट होराइजन भनिन्छ । यो क्षेत्रलाई वैज्ञानिकहरुले ‘प्वाइन्ट अफ नो रिटर्न’ पनि भनेका छन् ।

अन्तरिक्षमा यस्ता थुप्रै ब्ल्याक होल रहेको वैज्ञानिकहरु बताउँछन् ।

बिगब्यांग
ब्रह्मान्डको उत्पत्ति एउटा महाविष्फोटको परिमाणस्वरुप भएको भन्ने सिद्धान्तलाई महाविष्फोटको सिद्धान्त (बिगब्यांगको सिद्धान्त) भनिन्छ ।

यो सिद्धान्त अनुसार करिब बाह्रदेखि चौध अर्ब वर्ष पहिले सम्पूर्ण ब्रह्मान्ड एउटा परमाणविक इकाइको रुपमा थियो । त्यसबेला मानवीय समय र स्थानजस्तो कुनै पनि वस्तु अस्तित्वमा थिएन । महाविष्फोटका बेला अत्यधिक उर्जा उत्सर्जन भयो र त्यसको प्रभावले आजसम्म ब्रह्माण्ड फैलिंदै गएको छ ।

सारा भौतिक मान्यताहरु यही एउटा घटनाबाट परिभाषित हुन्छन् जसलाई महाविष्फोटको सिद्धान्त भनिन्छ ।

यो विष्फोटको १.४३ सेकेन्डमा समय र अन्तरिक्षका वर्तमान मान्यता अस्तित्वमा आइसकेका थिए । भौतिकशास्त्रका नियम लागू हुन थालेका थिए ।

गुरुत्वाकर्षण तरंग पत्ता लागेपछि ‘बिगब्यांग’ सिद्धान्तबारे थप बुझ्न सकिने बैज्ञानिकहरुले अपेक्षा गरेका छन् ।

एजेन्सीहरुको सहयोगमा 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>