समाचारशुक्रबार, माघ २९, २०७२
धनुषा कांग्रेस नेता राइनमाथि गोली चलाउने विरुद्ध मुद्दा
धनुषा जिल्लाको वीरेन्द्र बजारमा नेपाली कांग्रेसका नेता नसिम राइनमाथि गोली हानेको घटनामा पक्राउ गरिएका दुई जनालाई प्रहरीले मुद्दा चलाएको छ ।
२८ माघमा वीरेन्द्र बजारबाट प्रमोदकुमार पूर्वे र योगेन्द्र महतोलाई प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका दुबै जनामाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलाई जिल्ला अदालत धनुषाबाट म्याद थप गरिएको धनुषाका प्रहरी उपरीक्षक रामदत्त जोशीले जानकारी दिए ।
गत शनिबार बिहान करिब ८ बजे गणेशमान चारनाथ नगरपालिकाका बुथ प्रतिनिधि राइनमाथि वीरेन्द्र बजारमा मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरेका थिए ।
गोली प्रहार गर्नुपर्ने कारण हालसम्म खुल्न नसके पनि घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख जोशीले बताउनुभयो ।
पिँठ्युमा गोली लागेका राइनको हाल काठमाडौंमा उपचार भइरहेको छ ।
धनुषाको बालाबाखरमा गोली प्रहारबाट हत्या गरिएका ५० वर्षीय नेकाका स्थानीय नेता राजेन्द्रप्रसाद यादवको हत्याको घटनामा संलग्न कसैलाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन् ।
प्रहरी उपरीक्षक जोशीले यस घटनामा अनुसन्धन तीव्र पारिएको बताउनुभयो । यस घटनाको सत्यतथ्य चाँडै सार्वजनिक गरिने उनले बताए ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
