समाचारशुक्रबार, माघ २९, २०७२

फेरि मिल्यो मधेशी मोर्चा

सइन्द्र राई

३१ साउनदेखि छुट्टा–छुट्टै आन्दोलन गर्दै आएको दुई मधेशी मोर्चाबीच एकता भएको छ ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय समावेशी मधेश गठबन्धनबीच एकता भएको हो । अव यो मोर्चामा संघीय समाजवादी फोरम नेपाल, तराई–मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेश सद्भावना पाटी, राष्ट्रिय मधेश समाजवादी पार्टी, नेपाल सद्भावना र्पाी र मधेशी जनाधिकार फोरम (गणतान्त्रिक) समेटिएका छन् ।

संविधान निर्माण प्रक्रियादेखि असन्तुष्टि जनाउँदै यी दुई मोर्चाले छुट्टाछुट्टै आन्दोलन गर्दै आएको थियो ।

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आन्दोलनलाई निर्णायक बनाउने यो एकताले सहयोग पुग्ने बताए । उनले भने, “सरकारसँग वार्ता र आन्दोलन गर्न सवै दल एक ठाउँ भएका छौं ।”

press

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>