Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सनसनीपूर्ण खेलमा माल्दिभ्सलाई ४–३ गोलले पाखा लगाउँदै नेपाल फाइनलमा - Himalkhabar.com

खेलकुदशनिबार, फाल्गुण १, २०७२

सनसनीपूर्ण खेलमा माल्दिभ्सलाई ४–३ गोलले पाखा लगाउँदै नेपाल फाइनलमा

हिमालखबर

सनसनीपूर्ण खेलमा माल्दिभ्सलाई ४–३ गोलले पाखा लगाउँदै नेपाल फाइनलमा
दक्षिण एसियाली (साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल फाइनल प्रवेश गरेको छ । १ फागुनमा नेपालले नवयुग श्रेष्ठको ह्याट्रिकमा माल्दिभ्सलाई ४–३ गोलले हराएको हो ।

अन्जन विष्टको गोलले अग्रता लिएको टीम नेपालका लागि नवयुग श्रेष्ठले पहिलो गोल गर्दा माल्दिभ्स २–० गोलले पछाडि परेको थियो ।

दोस्रो हाफ शुरु भएको सात मिनेटमा माल्दिभ्सले गोल फर्कायो । ६५ औं मिनेटमा कमल श्रेष्ठ दोहोरो पँहेलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि नेपाल १० खेलाडीमा सीमित भयो ।

त्यहीबीचमा टीम नेपालका फरवार्ड विमल घर्ती मगर घाइते भएपछि उनलाई सुमन लामाले प्रतिस्थापन गरे ।

सनसनीपूर्ण खेलमा माल्दिभ्सलाई ४–३ गोलले पाखा लगाउँदै नेपाल फाइनलमा

खेलको ८५ औं मिनेटमा नासिदले गोल गरेपछि खेल २–२ को बराबरीमा आयो । निर्धारित ९० मिनेट बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गयो ।

१० खेलाडीमा सीमित भएपछि दवावमा आएको टीम नेपाल विरुद्ध अतिरिक्त समयको ३० मिनेट  सकिन ५ मिनेट बाँकी छँदा माल्दिभ्सले गोल गरेरपछि नेपाल ३–२ गोलले पछि पर्यो ।

तर माल्दिभ्सको यो अग्रता धेरै टिकेन ।  १२० औं मिनेटमा नवयुगले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल ३–३ मा आयो । अतिरिक्त समयमा अर्को गोल गरेर नवयुगले ह्याट्रिक गर्दा नेपाल ४–३ को जित निकालेर फाइनलमा प्रवेश गर्यो ।

नेपाल १७ वर्षपछि  सागको फाइनल पुगेको हो ।

स्वर्ण पदकका लागि नेपाल र भारतबीच ३ फागुनमा प्रतिस्पर्धा हुनेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>