समाचारसोमबार, फाल्गुण ३, २०७२

भारतबाट फर्केको एक महीनाभित्रै चीन भ्रमणः प्रधानमन्त्री ओली

हिमालखबर

ICAPP

अाईक्यापमा अावद्ध देशका शीर्ष नेताहरु । तस्वीरः गाेपेन राई

प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणबाट फर्केको एक महीनाभित्रै चीन भ्रमणमा जाने बताएका छन् ।

काठमाडौंमा आयोजित इन्टरनेशनल कन्फेरेन्स अफ एसियन पोलिटिकल पार्टीज् (आईक्याप)ले गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले नाकाबन्दी हटिसकेकाले भारत भ्रमण दुई देशबीचको सम्बन्ध सुधारका लागि हुने बताए ।

प्रधानमन्त्री ओलीले भने, “निरन्तर आयात हुन थालिसकेको छ, नाकाबन्दी हटिसकेको छ ।” उनले संविधानबारे गलत बुझाईले मधेशमा आन्दोलन भएको बताए ।

लोकतान्त्रिक मूल्य र मान्यता बोकेका समावेशी संविधानबारे गलत बुझाई भएको बताए । “संविधानले कसैलाई विभेद गरेको छैन, सवैको भावना समेटिएको छ”, प्रधानमन्त्री ओलीले भने ।

नेपालमा लोकतान्त्रिक संक्रमणबारे भएको विशेष कार्यशालामा एसियाका विभिन्न देशका नेताहरु सहभागी भए । कार्यशालामा कम्बोडियाका उपप्रधानमन्त्रीसहित आईक्यापका पदाधिकारी र स्थायी कमिटी सदस्यहरु सहभागी छन् ।

नेपाली कांग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेल, नेकपा एमालेका बरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललगायत सहभागी भए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>