समाचारसोमबार, फाल्गुण ३, २०७२

हप्तादिनभित्रै सहज रुपमा इन्धन पाइने

हिमालखबर

नेपाल आयल निगमले उपभोक्ताको माग बमोजिम पेट्रोलियम पदार्थ वितरणलाई प्रभावकारी बनाउने भएको छ ।

इन्धन आपूर्ति बढेपनि उपभोक्ताले सहज रुपमा पेट्रोलियम पदार्थ नपाएको गुनासो बढिरहेका बेला निगमले सामान्य अवस्थामा जस्तै वितरणलाई प्रभावकारी बनाउने भएको हो ।

एक दुई दिनभित्रै आपूर्ति पूर्णरुपमा सहज बनाइ उपभोक्तालाई लाइन बस्न नपर्ने गरी प्रट्रोलियम पदार्थ वितरण गरिने विभागका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले बताउनुभयो ।

२९ माघ यता ठूलो परिमाणमा पेट्रोलियम पदार्थ भित्रिएको छ । २९ माघमा मात्रै तीन लाख ६० हजार लिटर पेट्रोल र चार लाख ८० हजार लिटर डिजेल भित्रिएको छ ।

२ फागुनमा पाँच लाख ९३ हजार लिटर पेट्रोल र पाँच लाख दुई हजार लिटर डिजेल आपूर्ति भएको र आज पनि सोही परिमाणमा आपूर्ति हुने घिमिरेको भनाइ छ ।

काठमाडौँ उपत्यकामा सामान्य अवस्थामा दैनिक तीन लाख ५० हजार लिटर पेट्रोलियम पदार्थको माग हुँदै आएको छ । २९ माघमा रक्सौल नाकाबाट दुई हजार किलोग्राम पेट्रोलियम पदार्थ लोड भएको र आज साँझसम्म थप आपूर्ति हुने निगमले जनाएको छ ।

निगमले पेट्रोलियम पदार्थको आपूर्ति बढेको बताए पनि बजारमा उपभोक्ताले सहज रुपमा इन्धन पाउन भने सकेका छैनन् । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>