अर्थ/बजारबिहीबार, मंसिर १४, २०६९
चीनसँग जहाज खरिद सम्झौता
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा १४ मंसीरमा भएको सम्झौतामा चिनियाँ पक्षले वाई १२ र एम ए ६० ब्रान्डका ६ वटा हवाईजहाज नेपाल वायुसेवा निगमलाई उपलब्ध गराउने भएको छ । निगमका प्रवन्ध निर्देशक राजुबहादुर केसीका अनुसार आज भएको सम्झौतामा चिनियाँ पक्षले ६ वटा जहाज तीन करोड ५० लाख अमेरिकी डलरमा उपलब्ध गराउन लागेको हो ।
सम्झौतामा नेपालका तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रञ्जनकृष्ण अर्याल र निगमका प्रवन्ध निर्देशक केसीले हस्ताक्षर गरेका छन् भने चिनियाँ पक्षबाट याङ र सोङले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार चिनियाँ पक्षले नेपाललाई दुईवटा जहाज सित्तैमा (वाई १२ र एम ए ६०) उपलब्ध गराउने छ भने बाँकी चारवटा जहाजको लागत तीन करोड ५० लाख अमेरिकी डलर लाग्नेछ ।
सम्झौताअनुसार जहाज खरिदका निम्ति आवश्यक ऋण चिनियाँ एक्जिम बैंकसँग लिने तयारी पूरा भइसकेको छ । ऋण सम्झौता सम्पन्न हुनासाथ ती जहाज नेपाल आइपुग्ने प्रवन्ध निर्देशक केसीले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
