खेलकुदसोमबार, फाल्गुण ३, २०७२
भारतलाई पराजित गर्दै नेपाल तेस्राे पटक साग च्याम्पियन
दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत फुटबलमा नेपालले भारतलाई पराजित गर्दै तेस्राे पटक साग च्याम्पियन बनेकाे छ ।
नेपालका लागि खेलकाे ६५अाैं मिनेटमा प्रकाश बुढाथाेकी र ७१ अाैं मिनेटमा नवयुग श्रेष्ठले गाेल गरेका थिए । खेलमा नवयुगले सात गाेल गर्दै सर्वाधिक गाेल कर्ता समेत बनेका छन् ।
पहिलाे हाफमा १ गाेलले पछि परेकाे अवस्थालाई उल्ट्याउँदै नेपाल विजयी भए । यसअघि नेपालले सन् १९८४ र १९९३ मा पनि साग जितेकाे थियाे ।
खेलकाे ३१अाैं मिनेटमा पेनाल्टी पाएपछि भारतले गाेल गरेकाे थियाे । नेपालका सवै खेलाडीलाई एन्फाले अाजीवन ५ हजार पेन्सन दिने भएकाे छ ।
सेमी फाइनलमा ४–३ गोल अन्तरले माल्दिभ्सलाई पराजित गरेको नेपालले समूह चरणमा भुटानलाई ५–० गोल अन्तरले पराजित गरेको थियो । सेमिफाइनलमा प्रवेश गरिसकेको नेपाल पहिलो रोजाईका तीन खेलाडीलाई बेन्चमा राखेर खेल्दा बङ्गलादेशसँग २–१ गोलले पराजित भएको थियो ।
याे उपाधिसँगै नेपालकाे ३ वटा स्वर्ण हात पारेकाे छ ।