Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
अखिलमा नेतृत्व चुन्न मतदान हुँदै - Himalkhabar.com

समाचारमंगलबार, फाल्गुण ४, २०७२

अखिलमा नेतृत्व चुन्न मतदान हुँदै

हिमालखबर

अनेरास्ववियुको २२औं महाधिवेशन निर्धारित समय भन्दा ३ दिन ढिलोगरी आज मतदान हुँदैछ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल समर्थकबीच प्यानल बनाएर महाधिवेशनमा होमिएको अखिल प्रतिनीधि विवाद र गुटगत टिकट मिलाउन नसक्दा महाधिवेशन लम्बिएको हो । २८ माघदेखि काठमाडौंमा शुरु भएको महाधिवेशनमा ३ फागुन राति मात्रै मनोनयन दर्ता भएको छ ।

प्रज्ञाभवन कमलादीमा हुने विहान ८ बजेबाट मतदान हुने भनिएपनि अहिलेसम्म प्रक्रिया अघि बढ्न नसकेको सचिव भक्तकुमारी लामाले बताइन् । उनका अनुसार केही समयभित्रै मतदान शुरु हुँदैछ ।

अखिलमा ओली पक्षबाट नविना लामा र नेपाल पक्षबाट दिपक गौतम अध्यक्षका प्रत्यासी छन् । लामाको प्यानलबाट ऐन महर र नेपाल पक्षबाट अब्दुल हुसेन खान महासचिवको उम्मेदवार छन् ।

लामा समूहका उपाध्यक्षमा रश्मि आचार्य, सुतिता बराल, महेश बर्तौला र शैलेश लामा छन् । सचिवमा समिक बडाल, आरसी लामिछाने, वसन्त ढकाल, मकर खड्का, जनजातिबाट अमृत बूढा, महिलाबाट कमला बोहरा, मधेसीबाट दुर्गानन्द ठाकुर र कोषाध्यक्ष झपेन्द्र खत्री छन् ।

गौतम समूहका उपाध्यक्षमा जीवन राई, राधिका खतिवडा, नीलकण्ठ आचार्य र सरोज यादव छन् । सचिवमा भीम रावल, सुरेश पराजुली, अशेष घिमिरे, जनजातिबाट गौतम राई, महिलाबाट आरती लामा, खुलाबाट भक्तकुमारी लामा, मधेसीबाट ओसिम आलम र कोषाध्यक्षमा कमल शाही छन् ।

त्यस्तै गौतम समूहमा अनेरास्ववियु निर्वाचन आयोगका अध्यक्षमा प्रेम प्रधान, लेखा आयोगका अध्यक्षमा शिवजी गुप्ता र अनुशासन आयोगका अध्यक्षमा गिरेन राई छन् भने लामा समूहका आयोगका अध्यक्षमा तुलसीराम मैनाली, लेखा आयोगका अध्यक्षमा धर्मेन्द्र रोकाया, अनुशासन आयोगका अध्यक्षमा निशा अधिकारी तय भएका छन् ।

महाधिवेशनमा देशभरबाट झण्डै १५ सय प्रतिनीधि सहभागी छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>