खेलकुदमंगलबार, फाल्गुण ४, २०७२

खेल इतिहासमा स्मरणीय जितः प्रधानमन्त्री

हिमालखबर

प्रधानमन्त्री केपी शर्मा ओलीले १२औँ दक्षिण एसियाली खेलकुद ९साग०को पुरुष फुटबलमा उपाधि जितेकामा नेपाली राष्ट्रिय टिमलाई बधाई एवम् शुभकामना दिएका छन् ।

प्रधानमन्त्रीले साग खेलकुदमा २३ वर्षपछि प्राप्त जितले नेपालको शिर उचो बनाएको भन्दै खेलाडी, प्रशिक्षक एवम् खेलसँग सम्बन्धित सबै सरोकारवाला पक्षलाई आफ्नो व्यक्तिगततर्फबाट र सरकारको तर्फबाट विज्ञप्तीमार्फत बधाई दिए ।

उनले भने, “नेपाली खेलाडीको यो विजय खेल इतिहासमा अनन्तकालसम्म स्मरणीय हुनेछ । सरकारले खेलाडीको सम्मानमा कुनै कमी आउन दिने छैन ।”

प्रधानमन्त्रीले सागको महिला फुटबल टिम पनि फाइनलसम्म पुग्न सफल भएकामा बधाई दिँदै आगामी दिनमा अझै राम्रो तयारी गर्न सुझाव दिए ।

साथै सागमा स्वर्ण, रजत र काँस्य पदक विजेता खेलाडीलाई पनि प्रधानमन्त्रीले बधाई दिएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...