खेलकुदशुक्रबार, मंसिर १५, २०६९
प्रायोजकको खोजीमा कोइलापानी क्लब
नेपाली फुटबल इतिहासमै पहिलो पटक काठमाडौं उपत्यका बाहिरबाट ‘ए’ डिभिजन लिग खेलेको नवलपरासीको कोइलापानी पोलस्टार क्लब १० माघबाट हुने ‘बी’ डिभिजन लिगको तयारीमा जुटेको छ । अन्य तयारी पुरा भईसके पनि प्रायोजक भने नपाई सकेको क्लबका अध्यक्ष दर्शन भट्टराईले हिमालखबरलाई जानकारी दिए । ‘ए’ डिभिजन उक्लेको क्लब आर्थिक अभावकै कारण २०६८ मा रेलिगेसनमा परेको उनले बताए ।
क्लबले प्रशिक्षकमा जीतु पुन तथा शेरबहादुर गुरुङ, रेशम थापा, अजय थापा, गोविन्द थापा किशोर थापा र विदुर सिंलगायत १७ खेलाडी अनुबन्धित गरेको भट्टराईले उल्लेख गरे ।
‘बी’ डिभिजन लिग खेल्न आवश्यक पर्ने रु १५ लाख बराबरको प्रायोजकको खोजीमा रहेको भट्टराईले बताए । क्लबले नवलपरासी जिल्ला भित्र र बाहिरका विभिन्न उद्योग, प्रतिष्ठानमा प्रपोजल पठाई सकेको छ । भट्टराईले प्रपोजल पाएका वा नपाएका उद्योग, संघसंस्था वा व्यक्तिसँग सहयोगको आग्रह गरे ।
ऋषिराम कट्टेल, काठमाडौं
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
