समाचारमंगलबार, फाल्गुण ४, २०७२

आन्दोलन जारी राख्ने तमलोपाको निर्णय

हिमालखबर

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको एक घटक तराई मधेश लोकतान्त्रिक पार्टीले मधेशमा आन्दोलन जारी राख्ने निर्णय गरेको छ ।

बाराको प्रसौनीमामा ३ फागुन साँझ बसेको तमलोपा केन्द्रीय समितिको बैठकले आफ्ना मागहरु सम्बोधन नभएसम्म आन्दोलनलाइ जारी नै राख्ने निर्णय गरेको हो ।

बैठकले मोर्चाले राखेको ११ बुँदे माग सम्बोधन नभएसम्म मधेशमा आन्दोलन जारी नै राख्ने निर्णय गरेको महामन्त्री जितेन्द्र सोनलले जानकारी दिए ।

“अझै सशक्त रुपमा आन्दोलन गर्नुपर्नेमा सबैको एकमत छ, माग पूरा नभएसम्म आन्दोलन जारी राख्छौं,” सोनलले भने ।

बैठकले आमहडतालका बेलाको सरकारी कर, बैंक तथा बित्तिय संस्थाको ब्याज, विद्युत महशुल लगायतमा छुट दिन र हर्जाना नलिनका लागि सरकारसँग माग गर्ने निर्णय समेत गरेको छ ।

अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बसेको बैठकमा पार्टीका उपाध्यक्ष हृदेश त्रिपाठी, महामन्त्रीद्वय जितेन्द्र सोनल र गोविन्द चौधरी, केन्द्रीय सदस्यहरु तथा बारा, पर्सा, रौतहट र सर्लाहीका तमलोपाका सांसदहरु समेत सहभागी थिए ।

पहिलो पटक बारामा केन्द्रीय बैठक गरेको तमलोपाले अबका हरेक बैठक मधेशमै हुने जनाएको छ ।
सुरेश विडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>