Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
मनोरथको हत्या साथीबाटै: प्रहरी - Himalkhabar.com

थप समाचारमंगलबार, फाल्गुण ४, २०७२

मनोरथको हत्या साथीबाटै: प्रहरी

हिमालखबर

विर्तामोडस्थित नयाँ बसपार्कको एक होटलमा मृत फेला परेका कनकाई–३ सुरुङ्गाका ४९ वर्षीय मनोरथ पाठकको घाँटी थिचेर हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

वैदेशिक रोजगारीबाट केही महिनाअघि मात्र फर्केका मनोरथ घरका सदस्यलाई जानकारी नदिइ छिमेकीकै केटी साथीसँग होटलमा बस्दै आएका थिए ।
उनलाई विर्तामोड बसपार्कको एउटा कोठामा मृत अवस्थामा गत माघ १६ गते साँझ ६M५० बजेतिर होटल सञ्चालकले फेला पारेर प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीका अनुसार मनोरथ पाठकसँग होटलमा बस्दै आएकी कनकाई–३ सुरुङ्गाकी १९ वर्षीया प्रमिला विकले सामान्य विवादमा पाठकको घाँटी थिचेको बयान दिएकी छन् ।

विवादका क्रममा केहीबेर घाँटी थिचिसकेपछि मनोरथ चलमलाउन छाडेको र त्यसपछि डर लागेर आफू होटलको कोठाको साँचो लगाएर भागेको प्रमिलाले प्रहरीलाई पहिलो बयानमा बताएकी हुन् ।

घरमा छोराछोरी र पत्नी भएका मनोरथ र वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा पति भएकी प्रमिला एक महिनादेखि पटक पटक होटलमा सँगै बस्दै आएका थिए ।

सानो गाडी किन्ने भनी केही नगदसमेत लिएर घरबाट हिँडेका मनोरथ र प्रमिला विर्तामोडको होटलमा आउनुअघि धरानको अर्को होटलमा निकै दिन उनीहरु बसेका प्रहरीले जानकारी दिएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>