समाचारमंगलबार, फाल्गुण ४, २०७२

भारत जानु अगावै समिति गठन हुन्छः प्रम ओली

हिमालखबर

kp1प्रधानमन्त्री केपी ओलीले आफू भारत भ्रमणमा जानुअघि नै प्रदेशहरुको सीमाकंन विवाद समाधानका लागि राजनीतिक समिति गठन हुने बताएका छन् ।

७ फागुनबाट हुने आफ्नो भारत भ्रमणबारे व्यवस्थापिका संसदलाई जानकारी गराउँदै प्रधानमन्त्री ओलीले सीमांकन विवाद समाधानका लागि राजनीतिक संयन्त्र गठन गरेर आफू भारत भ्रमणमा जाने बताएका हुन् ।

उनले आफ्नो भ्रमण दुई देशको असमझदारीलाई अन्त्य गर्ने विषयमा केन्द्रित हुने बताएका छन् ।

संविधान निर्माण र जारीको प्रक्रियासँगै दुईदेशबीचमा केही असमझदारी उत्पन्न भएकोे भन्दै प्रधानमन्त्री ओलीले दुई देशबीच असमझदारी हटाई निकटता कायम गर्ने दिशामा आफ्नो भ्रमण केन्द्रित हुने जानकारी गराए ।

“२१ औँ शताब्दीको आवश्यकता अनुसार सम्बन्धलाई पारस्परिक लाभ र सम्मानका हिसाबले अगाडी बढाउने प्रसँगमा भ्रमण गर्ने विचार गरेको छु,” उनले भने ।

भारतभ्रमणका क्रममा विकासको नमूना टेहरी बाँध, भूकम्पपछि पुननिर्माण भएको गुजरातको गुजको समेत अवलोकन गर्ने प्रधानमन्त्रीले जानकारी दिए ।

वैदेशक लगानी आकर्षित गर्ने बिषय पनि आफूले प्राथमिकतामा राखेको प्रधानमन्त्री ओलीको भनाई थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>