थप समाचारमंगलबार, फाल्गुण ४, २०७२
पाँचथरमा साग फुटबल जितेको खुशियाली
१२ औं सागको फुटबल फाइनलमा भारतलाई हराउँदै नेपालले स्वर्ण पदक जितेको खुशियालीमा पाँचथरको फिदिममा युवाले मोटरसाइकल र्याली निकालेका छन् ।
नेपाली फुटबल टोलीले उपाधि जितेर लामो समयपछि खुशीको मौका दिएको भन्दै फुटबल पे्रमीहरुले ¥याली निकालेका हुन ।
फिदिम स्पोर्टिङ क्लबको आयोजनामा फिदिममा र्याली गरिएको हो ।
र्यालीमा नेपालको झन्डा बोकेका सयौ संख्यामा फुटबल प्रेमी युवाहरुको सहभागिता थियो ।
मोटरसाईकल र्यालीले फिदिम बजारका बिभिन्न चोहरुको परिक्रमा गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>