समाचारमंगलबार, फाल्गुण ४, २०७२

आन्दोलन अवधिभरको कर र जरिवाना नलेऊः मोर्चा

हिमालखबर

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आफूले गरेको आमहडताल अवधिभरको सवारी कर मिनाहा गर्न माग गर्दै वीरगञ्जस्थित नारायणी यातायात व्यवस्था कार्यलयमा धर्ना दिएको छ ।

dharnaआन्दोलन अवधिभरको सवारी कर र जरिवाना असुल गर्नुलाई मधेशी मोर्चाले ‘आन्दोलनको भावना विपरित जनतालाई अनावश्यक दुख दिएको ’ भनेको छ ।

आज, ४ फागुन बिहान १० देखि ११ बजे सम्म धर्ना दिइएको संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले बताए ।

धर्नामा बसेकाहरुले सरकार र तीन दलको विरोधमा नाराबाजी पनि गरेका थिए ।

कर र जरिवाना लिने कार्य नरोकिए अझ सशक्त आन्दोलन गर्ने चेतावनी पनि मोर्चाले दिएको छ ।

जियालाल साह, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>