Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
जनताको खर्चमा धरहरा निर्माण गरिनेः प्रधानमन्त्री - Himalkhabar.com

समाचारमंगलबार, फाल्गुण ४, २०७२

जनताको खर्चमा धरहरा निर्माण गरिनेः प्रधानमन्त्री

हिमालखबर

प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पले ढलेको धरहराको निर्माण जनताकै लगानीमा गर्ने घोषणा गरेका छन् ।

kp

तस्वीर: आनन्दराम डंगोल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा सुन्धारामा आयोजना गरिएको ‘ऐतिहासिक धरोहर पुनःनिर्माण राष्ट्रिय सङ्कल्प’ कार्यक्रमको उद्घाटन गर्दै उनले कुनै वैदेशिक लगानी र सरकारी खर्चमा नभई जनताको खर्चमा नै धरहराको निर्माण गर्ने घोषणा गरे ।

“धरहरा कुनै सरकारी कार्यालय होइन, नेपालको गौरव, ऐतिहासिक धरोहर हो, त्यहाँ नेपालीपन झल्किएको छ, म बनाउँछु, हामी बनाउँछौँ भन्ने सङ्कल्प गरौँ”–प्रधानमन्त्री ओलीले भने ।

उनले नेपालका ऐतिहासिक सम्पदा, अदालतलगायत खास ठाउँ नेपालीले आफ्नै खर्चमा बनाउँदा आफ्नोपनको महसुस हुने भन्दै थपे, “नेपालीको आफ्नो सम्पदा आफ्नै सम्पत्तिमा निर्माण गरौँ ।”

उनले धरहराको पुनःनिर्माणका लागि नेपालभित्र र विदेशमा रहेका सबै जाति र भाषाभाषी, पेसा, व्यवसायका सबैलाई धरहरा निर्माणका लागि आह्वानसमेत गरे ।

प्रधानमन्त्री ओलीले हजारौँ वर्षका लागि हुने बलियो, जस्ताको तस्तै तथा आधुनिक ठूलो धरहरा बनाउनेसमेत उद्घोष गरे ।

अहिले धरहरा घुम्न आउँदा पार्किङको ठाउँ नभएकाले नवनिर्माण गर्दा तीन तला पार्किङ निर्माण गरी माथि अहिलेको भन्दा ठूलो धरहरा निर्माण गरिने बताए ।

त्यस्तै, धरहरा निर्माण गर्दा स्मारकको रुपमा गत वैशाख १२ गतेको भूकम्पमा परी दिवङ्गत भएका सबैको नाम लेख्नेसमेत प्रधानमन्त्री ओलीले भने ।
दिवङ्गत व्यक्तिहरुको स्मरणस्वरुप वैशाख १२ वा २९ मा स्मृति दिवससमेत मनाउने तयारी रहेको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले जनताकै खर्चमा धरहराको निर्माणका लागि आफूले खातामा एक महिनाको तलब हालिदिने घोषणासमेत गरे ।

धरोहर पुनःनिर्माण घोषणा कार्यक्रममा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपप्रधानमन्त्रीहरु विजयकुमार गच्छदार, कमल थापा, भीमबहादुर रावल, सिपी मैनाली लगायत मन्त्रीहरुको उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>