Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
स्वास्थ्यअवस्था विग्रेपछि गंगामायालाई गंगालाल अस्पताल लगियो - Himalkhabar.com

थप समाचारबुधबार, फाल्गुण ५, २०७२

स्वास्थ्यअवस्था विग्रेपछि गंगामायालाई गंगालाल अस्पताल लगियो

हिमालखबर

ganga-maya-bir

फाइल तस्वीर

माओवादीले हत्या गरेका कृष्णप्रसाद अधिकारीकी आमा गंगामाया अधिकारीको स्वास्थ्य अवस्था थप विग्रिएपछि उनलाई गंगालाल हृदय केन्द्र बाँसबारी लगिएको छ ।

लामो समय खाना नखाँदा कमजोर शारीरिक अवस्था भएकी गंगामायाको दुई दिनअघि बायाँ खुट्टाको भित्री नसामा रगत जम्ने समस्या (डिप भेन थ्रम्बोसिस ‘डीभीटी’) भएको र हिजोदेखि दायाँ खुट्टामा पनि डीभीटी देखिएको वीरअस्पतालका निमित्त निर्देशक डा. हरिशचन्द्र उप्रेतीले जानकारी दिए ।

उनका अनुसार दायाँ तिघ्रामा समेत देखिएको डीभीटी फोक्सो, टाउको वा शरीरका अन्य अंगमा समेत हुने र मानिसको ज्यान जानेसमेत सम्भावना हुन्छ ।

“विशेषज्ञ चिकित्सकहरुको सल्लाह र मानवअधिकारवादीहरुसँगको सहकार्यमा उहाँ (गंगामाया) लाई गंगालाल अस्पतालमा रेफर गरिएको छ,” उप्रेतीले भने, “गंगालाल हृदय केन्द्रमा यससम्बन्धी राम्रो उपचार हुने भएकाले त्यहाँ पठाएका हौं ।”

गोरखा फुजेलका गंगामाया र नन्दप्रसाद अधिकारीका छोरा १७ वर्षीय कृष्णप्रसादलाई माओवादीले अपहरण गरी २४ जेठ २०६४ मा चितवन बकुल्लर चोकमा हत्या गरेका थिए ।

त्यसयता न्यायको खोजीमा लामोसमयसम्म संघर्ष गरेका नन्दप्रसादको वीरअस्पतालमै ३३२ दिन लामो अनशनका बेला ६ असोज २०७१ मा निधन भएको थियो ।

पति र पुत्र वियोग सहेकी गंगामाया अहिलेसम्म पनि अस्पतालमै छन् । अन्त्येष्टि हुन नसकेको नन्दप्रसादको शव अझै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>