समाचारबुधबार, फाल्गुण ५, २०७२

नेम्वाङकाे अध्यक्षतामा एमाले संसदीय दलकाे बैठक

हिमालखबर

नेकपा एमालेको संसदीय दलले दलको विधान संशोधनसहित पारित गरेको छ ।

दलले आफ्नो विधानलाई नयाँ संविधान अनुरुप हुनेगरी संशोधन गरेको हो । संशोधित विधान अनुसार २५ सदस्यीय विकास क्षेत्रको प्रतिनिधित्व रहने बोर्डलाई विस्तार गरी प्रदेश अनुरुप गठन गर्ने र त्यसलाई २७ सदस्यीय बनाउने निर्णय गरेको छ ।

यसअघि संसदीय दलका नेता, उप नेता, प्रमुख सचेतक र उपसचेतक विरुद्ध अविश्वासको प्रस्ताव प्रस्तुत गर्ने व्यवस्था भएकोमा त्यसलाई सुधार गरी अव प्रमुख सचेतक र उपसचेतक विरुद्ध अविश्वास प्रस्ताव गर्न नपाइने व्यवस्था गरिएको छ ।

दलको नेता एवम् प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित रहेको बैठक उपनेता सुवास नेम्वाङको अध्यक्षतामा बसेको थियो । लामाे समय सभामुख रहेका नेम्वाङलाई मनाेनित केन्द्रीय सदस्य, स्थायी कमिटी सदस्यमा बढुवा गर्दै दलकाे उपनेताकाे जिम्मेवारी दिइएकाे छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>