समाचारबुधबार, फाल्गुण ५, २०७२

कांग्रेस काठमाडौं सभापतिमा बानियाँ निर्वाचित

हिमालखबर

Sabuj-Baniyaनेपाली कांग्रेसको काठमाडौं जिल्ला सभापतिमा सबुज बानियाँ निर्वाचित भएका छन् ।

निकटतम प्रतिद्वन्द्वी भिमसेनदास प्रधानलाई ९० मतले पछि पार्दै बानियाँ बानियाँ सभापतिमा निर्वाचित भएका हुन् । उनी नेता प्रकाशमान सिंह निकट मानिन्छन् ।

बानियाँले ६५३ र प्रधानले ५६३ मत प्राप्त गरे ।

सचिव र कोषाध्यक्ष पदमा पनि बानियाँ समूहकै राजकुमार नकर्मी र गोविन्द पुडासैनी निर्वाचित भएका छन् ।

नकर्मीले ६६९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी अर्जुन पराजुलीले ४४२ मत प्राप्त गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>