समाचारबुधबार, फाल्गुण ५, २०७२

मोर्चाद्वारा संसद् बैठक बहिष्कार

हिमालखबर

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आबद्ध दलहरुले व्यवस्थापिका–संसद्को आजको बैठक बहिष्कार गरेका छन् ।

यसअघि सदनको बैठक शुरु हुने बित्तिकै सांसद नरसिंह चौधरीले सरकार मधेश आन्दोलनका माग सम्बोधन गर्न गम्भीर नबनेको आरोप लगाए ।

मोर्चाका तर्फबाट भनाइ राख्दै उनले मङ्गलबारको बैठकमा कानुनमन्त्रीले राखेको अभिव्यक्तिप्रति मोर्चा आश्वस्त हुन नसकेको धारणा राखेका थिए ।

नेपाल मजदुर किसान पार्टीका डिल्लीप्रसाद काफ्लेले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका क्रममा असमान खालका कुनै पनि सन्धि सम्झौता नगर्न सुझाव दिए ।

सांसद हरिचरण साहले भारत भ्रमणका क्रममा दुई मुलुकबीच तिक्तता आउने कुनै पनि काम नगर्न प्रधानमन्त्रीलाई आग्रह गरे ।

प्रस्ताव स्वीकृति
बैठकले व्यवस्थापिका–संसद् नियमावली मस्यौदा समितिका सभापति राधेश्याम अधिकारीले समितिको कार्यविधि थपसम्बन्धी प्रस्तुत गरेको प्रस्तावलाई सर्वसम्मतिले अनुमोदन गरेको छ ।

यसअघि सभामुख ओनसरी घर्तीले विभिन्न मितिमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रहरु पढेर सुनाएकी थिइन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>