थप समाचारबुधबार, फाल्गुण ५, २०७२

मधेशी मोर्चाको लाठी जुलुस प्रदर्शन

हिमालखबर

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पर्साले वीरगञ्जमा लाठी जुलुस निकालेको छ ।

morchaघण्टाघरबाट निकालिएको जुलुस वीरगञ्ज परिक्रमापछि कोणसभामा परिणत भएको थियो ।

मोर्चाको केन्द्रीय बैठकले तय गरेको कार्यक्रम अनुसार लाठी जुलुस निकालिएको मोर्चा पर्साले जनाएको छ ।

कोणसभामा बोल्दै संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले मधेशमा दुई प्रदेश सुनिश्चित नभएसम्म र राज्यका सबै निकायमा मधेशीको समान सहभागिताको ग्यारेन्टी नभएसम्म आन्दोलन जारी रहने बताए ।

“अहिले शक्ति संचय गरिरहेका छौं, होलीपछि आन्दोलनको आँधी बेहरी ल्याउँछौं,” उनले भने ।
सुरेश विडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...